apinampa-logo
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

बर्दिया राष्ट्रिय निकुन्ज

ठाकुरद्वारा, बर्दिया

वन्यजन्तु सप्ताह २०७९ सम्पन्न

बैशाख २१, २०७९

मानव वन्यजन्तु सहअस्तित्व: हाम्रो साझा दायित्व भन्ने मुल नारा रहेको   वन्यजन्तु सप्ताह कार्यक्रम मिति २०७।१।१ गते देखि मिति २०७९।१।७ गते सम्म बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारामा यस कार्यालयका प्रमुख संरक्षण अधिकृत सहितका कर्मचारीहरु, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, देवी दत्त गण, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरु, अस्थाई प्रहरी चौकी ठाकुरद्वारा, समुदायमा आधारित चोरी शिकार नियन्त्रण ईकाई (CBAPU), तराई भू-परिधी कार्यक्रम, ZSL नेपाल, ILAM कार्यक्रम, ETDF, SENSE Nepal, WESC, BNCC, मध्यवर्ती सामुदयिक वन उपभोक्ता समूह, रेडियो टाईगर, नेपाल पत्रकार महासंघ बर्दिया, मध्यवर्ती क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी सहितका अभिभावक लगायतका प्रतिनिधीहरु तथा व्यक्तिहरुको उपस्थितीमा नयाँ राष्ट्रिय झन्डा  बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको नयाँ झण्डा फेरियो भने चरा अवलोकन, सरोकारवाला निकायहरुसंग वन डढेलो, मानव वन्यजन्तु द्वन्द तथा सोको क्षतिको राहत र जैविक विविधता संरक्षणको विषयमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको थियो । त्यसै गरी पूर्व पश्चिम राजमार्गको कर्णाली चिसापानी देखि अम्रेनीसम्मको खण्डमा राजमार्गमा प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी व्यवस्थापन गर्ने कार्य गरिनुका साथै निकुञ्ज भित्र आगलागि हुन नदिन अग्नी रेखाहरुमा भएको पातपतिङ्गरहरु हटाई अग्नी रेखा सरसफाई गर्ने कार्य गरियो । जैविक विविधता संरक्षणमा एउटा निकायले मात्र काम गरेर सम्भव नहुने हुँदा Team work को धेरै महत्व हुन्छ भन्ने सन्देश दिने गरी संरक्षणमा साझेदार सरोकारवाला निकायहरु विच फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । संरक्षणमा थप टेवा पुर्याउनको लागि फोटो प्रतियोगिता आयोजना गरि राम्रो फोटो पठाउने सहभागिहरुलाई फोटो मुल्याङ्कनको आधारमा पुरस्कार समेत वितरण गरिएको थियो । त्यसै गरी जैविक विविधता संरक्षण कार्यमा अहोरात्र खटिने कर्मचारी, नेपाली सेना, CBAPU का व्यक्तिहरुलाई वहाँहरुले पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान पत्र सहित सम्मान गरिएको थियो । वन्यजन्तु पिडित एकल महिलाहरुलाई राहत तथा मासिक भत्ता र वन्यजन्तु पिडि टुहुरा बालबालिकाहरुलाई छात्रवृत्ति वितरण समेत गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।