apinampa-logo
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

बर्दिया राष्ट्रिय निकुन्ज

ठाकुरद्वारा, बर्दिया

बर्दिया राष्‍ट्रिय निकुञ्‍जमा स्वागत छ ।

शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो ।  बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । यस राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको राजनैतिक अवस्थिति लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तरगत पर्दछ । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सखुर्ते तर्फ विस्तार गरिएको छ ।
निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ६१ प्रजातिका स्तनधारी वन्यजन्तुहरु यस निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् भने ४२ भन्दा बढी प्रजातिका घस्रने वन्यजन्तुहरु यस निकुञ्जमा रहेको अभिलेख छ ।
यस निकुञ्जमा हालसम्म ५१३ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।

डा. अशोक कुमार राम


वरिष्ठ संरक्षण अधिकृत ashokramdnpwc23@gmail.com 9864782001

आशिष न्यौपाने


सूचना अधिकारी bardiyanationalparkoffice@gmail.com 9864782002

समाचार

not available

मौजुदा सूचीमा दर्ता हुन आवेदन दिने सम्बन्धी सूचना

आ.व. २०७९/८० का लागि मौजुदा सूचीमा दर्ता हुन आवेदन दि...

थप पढ्नुहोस् »
not available

जंगल ड्राईभका गाडी दर्ता/नविकरण सम्बन्धी सूचना

जंगल ड्राईभका गाडी दर्ता/नविकरण सम्बन्धी सूचना !!!

थप पढ्नुहोस् »
not available

नेचर गाईडको प्रमाण पत्र दर्ता/नविकरण सम्बन्धी सूचना

आ. व. २०७९/८० का लागि नेचर गाईडको प्रमाण पत्र दर्ता/नवि...

थप पढ्नुहोस् »

सूचना

not available

आगलागी तथा वन डढेलो नियन्त्रण सम्बन्धी सूचना ।

थप पढ्नुहोस् »
not available

भावपूर्ण श्रद्धाञ्जली एवं समवेदना

थप पढ्नुहोस् »
not available

जंगल ड्राइभका लागि दर्ता/नविरकण सम्बन्धी सूचना ।

थप पढ्नुहोस् »

कार्यक्रम

खरख‍डाई संकलन सम्बन्धी सूचना ।

थप पढ्नुहोस् »

२८ औं वन्यजन्तु सप्ताह २०८०

थप पढ्नुहोस् »

National Tiger Workshop

National Tiger Workshop Thakurdwara, Bardia 2...

थप पढ्नुहोस् »