मिति २०७९ साल बैसाख २५ गते आईतबारका दिन बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत श्री विष्णु प्रसाद श्रेष्ठको संयोजकत्वमा र जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी श्री बन्धु प्रसाद बास्तोला ज्यूको प्रमुख आथित्यमा जिल्ला स्तरिय वन्यजन्तु अपराध नियन्त्रण ईकाई बैठक बसी वन वन्यजन्तुहरुसंग सम्बन्धित विभिन्न अपराधहरु नियन्त्तण गर्न जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरु विच सुचना आदन प्रदान गरी आवश्यक समन्वय र सहकार्य गर्ने छलफल गरी निर्णय गरियो । यस बैठकमा डिभिजन वन कार्यालय, बर्दिया, जिल्ला सरकारी वकिल कार्यालय, बर्दिया, अर्जुनबाण गण बाँके, देवी दत्त गण बर्दिया, जिल्ला प्रहरी कार्यालय, बर्दिया, शसस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, बर्दिया, कृष्णसार संरक्षण क्षेत्र कार्यालय, बर्दिया, जिल्ला हुलाक कार्यालय बर्दिया, जिल्ला कारागार कार्यालय, बर्दिया, तराई भू-परिधि कार्यक्रम, कोहलपुर, राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।