मिति २०७९ साल बैसाख २४ गतेका दिन यस कार्यालय अन्तरगतका सेक्टर, रेञ्जपोष्ट तथा पोष्टमा कार्यरत रेञ्जर, सिनियर गेमस्काउट, गेमस्काउट र हात्तिसारमा कार्यरत कर्मचारीहरूलाई संरक्षित क्षेत्रहरुको बारेमा, बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा, बर्दिया राष्ट्रिय निकुञ्जमा पाईने जैविक विविधताको बारेमा, ऐन, नियम, निर्देशिकामा भएका कानुनी व्यवस्था अनुसार निकुञ्जका कर्मचारीहरुले के कसरी काम गर्नु पर्छ सो बारेमा जानकारी गराउने गरी कार्यक्रम गरिएको छ । निकुञ्जको कर्मचारीहरु रातो दिन जंगल भित्रै बसी वन र वन्यजन्तुको चोरी शिकार तथा चोरी निकासी नियन्त्रणको कार्य गर्दा वन्यजन्तुहरुसंग जम्का भेट हुने भएकोले आफु सुरक्षित भै कार्य गर्न सहजताको लागि वन्यजन्तुको आनी बानी बारे जानकारी दिने, वन्यजन्तु उद्दार तथा Handaling के कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी सहित प्रभावकारी गस्ती कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षकद्वारा जानकारी गराईएको थियो ।