apinampa-logo
Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservations

Bardiya National Park

Thakurdwara, Bardiya

बर्दिया राष्ट्रिय निकुञ्जलाई TX2 पुरस्कार

Jan. 30, 2022, 10:55 a.m.

बाघको सङ्ख्या दोब्बर बनाए बापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेको छ ।

सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु (TX2) पुरस्कार पाउने भएको हो ।  यो पुरस्कार यसै वर्षको सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक सहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहको अवसर पारेर प्रदान गरिनेछ ।

सन् २००९ मा बर्दियामा बाघको सङ्ख्या २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा बढेर झन्डै ९० को हाराहारीमा पुगेको छ ।